बिर्तामोड । निर्वाचन आचारसंहिता विपरीत मदिरा बिक्री गर्ने एकजनालाई बिर्तामोडबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिर्तामोड-१० को आर-विल रेष्टुरेन्टमा निर्वाचन आचारसंहिता विपरीत मदिरा बिक्री गरिरहेको अवस्थामा रेष्टुरेन्टका कर्मचारी याम राइलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जनाइएको छ । मौन अवधी सुरु भएसँँगै प्रशासनले मदिरा बिक्रीमा रोक लगाएको छ ।