झापा । आज बिहान करेन्ट लागेर दमकमा एक युवकको मृत्यु भएको छ।

दमक नगरपालिका–८ सेतुमारी रोड बस्ने वर्ष २८ का निरोज साहको आफ्नै घरमा सिसिटीभी क्यामेराको तार जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

प्राप्त जानकारी अनुसार साहले आफ्नै किराना पसलबाट पूर्वतर्फ रहेको आफ्नै तीन तले घरमा तार तान्ने क्रममा छिमेकी मनोज साहको दुई तले घरको छतबाट तार लैजाँदै गर्दा उक्त तार विद्युतको हाइटेन्सन लाइनमा छोएपछि करेन्ट लागेको थियो।

गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उपचारकै क्रममा बिहान ०९:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि शवलाई पोष्टमार्टमका लागि बिहान ०९:४५ बजे दमक–१ स्थित दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।