बिर्तामाेड । मेची राजमार्ग फेरी अवरुद्व बनेकाे छ । आज बिहान पुन पहिराे गएपछि राजमार्ग अवरुद्व बनेकाे हाे ।
पहिरो पन्छाएर एकतर्फी संचालनमा रहेको मेची राजमार्गमा आज बिहान फेरि पहिरो गएको हो । आज बिहान पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।
यसअघि हिजो साँझ सुख्खा पहिरो झरेर अवरुद्ध भएको मेची राजमार्ग एकतर्फी संचालनमा आएको थियो । गएराति १०ः५० बजे बाटो एकतर्फी सुचारू गरिएको थियो । पहिरोले पुरिएको ट्रक घटनास्थलमा नै रहेको छ ।
इलामको रोङ गाउँपालिका ४ बागखोरस्थित मेची राजमार्गमा सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुंगासहितको सुख्खा पहिरो झरी इलामबाट झापातर्फ आउँदै गरेको ट्रक पुरिएको हो । हिजो साँझ ६ः०४ बजे प्रदेश १–०१–००१ ख ४३३४ नं. को गोलिया बोकेको ट्रक पुरिएको हो ।



















