बिर्तामोड । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

हिजो दिउँसो करिब १५:३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ स्थित संगिता ठ्याक क्षेत्रमा पैदल हिँडिरहेका झापा कमल गाउँपालिका–६ निवासी २४ वर्षीय नवराज भट्टराईलाई शंका लागी चेकजाँच गरिएको थियो।

प्रहरीले शरीर तलासी लिँदा प्लाष्टिक बाहेक करिब ६ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको जनाएको छ।

उक्त पदार्थसहित भट्टराईलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।