झापा । पाँचथरको हिलिहाङ गाउँपालिका–७ चुक्फारा स्थित सम्बेवाबाट एकचेप्पा जाने भित्री सडक खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
बिहीबार साँझ करिब ६ बजे हिलिहाङ–६ भारपा निवासी ५२ वर्षीय धनप्रसाद यवा टाउकोमा ढुंगाले किचिएको अवस्थामा मृत भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक रामचन्द्र शाहको कमाण्डमा टोली खटिएर हिलिहाङ–७ का ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनलाई संलग्नताको आशंकामा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

















