बिर्तामोड । टेवल टेनिस संघ झापाका सदस्य सिक्का सुवाल श्रेष्ठ राष्ट्रिय खेलकुद प्रतिष्ठानको सदस्यमा चयन भएकी छन् ।

राखेप बोर्डका अध्यक्षसमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र सदस्य सचिव रामचरित्र मेहताले उपाध्यक्षमा फुटबलका विशाल श्रेष्ठसहित चारजना सदस्य नियुक्त गरेका हुन् ।

नियुक्त भएका सदस्यहरुमा टेबल टेनिसकी सिक्का सुवाल, क्रिकेटका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तर प्रशिक्षक शक्ति गौचन, बुद्धिचालकी मोनालिसा खुम्बु त्यसैगरी फुटबलकी पवन शाही नियुक्त भएका हुन्।