झापा । झापाको झापा गाउँपालिकामा एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ।
झापा गाउँपालिका–७ मदरगाछ टोलका ३५ वर्षीय सन्त गणेशले ३८ वर्षीया महिलालाई मादक पदार्थ सेवन गरी जबर्जस्ती करणी गरेको आरोप छ।
प्रहरीका अनुसार घटना भदौ २० गते राति करिब ९ बजे भएको हो। पीडित महिला खाना खाएर घरबाहिर ट्युवेलमा भाँडा माझिरहेको अवस्थामा आरोपितले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।
पीडितले भदौ २५ गते जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएपछि प्रहरी चौकी शरणामतिबाट खटिएको टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो।
पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका गणेशलाई जिल्ला प्रहरी कार्यालय झापा ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















