पाँचथर । पाँचथरको फालेलुङ गाउपालिका-३ को ताङलेपा पुच्छार टोलमा पहिरोले ६ घर जोखिममा परेका छन् । उनीहरूलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । 

पुच्छार टोलका गौरिभक्त केरुङ, कृष्णबहादुर केरुङ, मदन जवेगु, भिमबहादुर जवेगु, प्रेम केरुङ र जन्म केरुङको परिवारलाई पहिरोका कारण सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । 

उनीहरूलाई स्थानीय सुकदल लावती र आषिश लावतीको घरमा स्थानान्तरण गरिएको हो । स्थानीयवासी, जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा स्थानान्तरण गरिएको जनाइएको छ ।