जिल्ला प्रहरी कार्यालय झापाका एकजना प्रहरी अधिकारीले कार्यालयमै झुन्डिएर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत सई धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले पुष्टि गरेका छन् ।

सई खतिवडा मोरङको कानेपोखरी-७ का बासिन्दा हुन् । केही महिनाअघि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट जिल्ला प्रहरी कार्यालय गएका थिए । उनले अवकाश पाउन लागेका थिए । बिहान साडे ६ बजे जिल्ला प्रहरी कार्यालयको तीन तलामाथि घुम्ने सिढीमा डोरीको पासो लगाई उनले आत्महत्या गरेको जनाइएको छ ।