अर्जुनधारा । रामकुमार अछामी स्मृति कोषले बिद्यार्थी, शिक्षक तथा बिद्यालय कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

Messenger_creation_AC692FC1-29ED-49BC-AAE3-1492230D23F2

अछामीको छैटौं स्मृति दिवसको अवसरमा आयोजित समारोहमा उनीहरु पुरस्कृत एव सम्मानित भएका हुन् ।

कार्यक्रममा भानु माविबाट कक्षा-१२ को परिक्षामा ३.६६ जिपिए ल्याएर उतिर्ण हुने संरचना सिटौला पुरस्कृत भईन् । उनले नगद ४ हजार रुपैंया पुरस्कार पाइन् ।

Messenger_creation_567E79C3-7E93-4F29-9393-A49076B5AF44

यसैगरी शनिश्चरे माविका दिलिप सापकोटा र स्मृति कटेल पुरस्कृत भए । कक्षा-८ को परिक्षामा ४ जिपिए ल्याएका उनीहरुले जनहि २००० रुपैया पुरस्कार पाए । तत्कालीन समयमा अछामी प्रअ रहेको गणेश आधारभुत विद्यालयका दीक्षा गौलीले २ हजार रुपैंया पुरस्कार पाइन् ।

Messenger_creation_5B26C860-38A5-419A-B3B6-FC4C1C529F24

यसैगरी वसन्त भट्टराई, शनिश्चरे, सीता अधिकारी समाजसेवी आधारभुत माविका शिक्षक र सिंहदेबी माविका कर्मचारी सञ्जिव गोले तामाङ कार्यक्रममा सम्मानित भएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको संरक्षकत्वमा रहेको कोषले भर्खरै काठमाडौंमा भएको शिक्षक आन्दोलनमा सहभागी ४४ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको थियो ।

सम्मान बहिस्कार

यता बिद्यालय कर्मचारी परिषदले भने आन्दोलनमा सहभागी कर्मचारीलाई गरिएको सम्मान बहिस्कार गरेको छ । नगर अध्यक्ष रुद्रप्रसाद पौडेलले शिक्षक आन्दोलनलाई उपलब्धि बिहिन बनाएको आरोप लगाएका छन् । उनले शिक्षक महासंघले बिद्यालय कर्मचारीलाई प्रयोग मात्र गरेेको आरोप लगाउँदै सोही आन्दोलनमा सहभागी भएको भन्दै गरिएको सम्मान बहिष्कार गरेको बताएका थिए ।

प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङगठनका झापा अध्यक्ष नविन ढुङगानाले शिक्षकका सन्तानले सामुदायिक बिद्यालयमा पढाउनु पर्ने बताए । 'हामीलाई समुदायले यहि बिषयमा खिसिट्युरी गर्छ । शिक्षाको गुणस्तर नसुधारे हामी सामाजिक बहिष्करणको सिकार हुन्छौं, ढुङगानाले भने-'समाजले हामीले प्रदान गरेको शिक्षामा बिश्वास गर्ने वातावरण निर्माण हामीले गर्नुपर्छ ।'

नेपाल राष्ट्रिय शिक्षक संगठन अर्जुनधाराका अध्यक्ष दिपक भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । उपाध्यक्ष हर्कलाल गिरीले स्वागत गरेको कार्यक्रममा नेपाल शिक्षक सङघका अध्यक्ष  सुजाता शिवाकोटी, शिक्षक महासङघका पूर्व अध्यक्ष पुन्य सुवेदी, शिक्षक महासंघका अध्यक्ष चन्द्र खत्री लगायतले अछामीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

अर्जुनधारा-१ को गणेश आधारभूत बिद्यालयका प्रधानाध्यापक अछामीको २०७५ चैत ९ गते दुर्घटनामा परेर निधन भएको थियो ।