बिर्तामोड । झापाको गौरादहका कृषक आन्दोलित भएका छन् । गौरादहको जोरपल उच्च कृषक समुहमा आवद्ध कृषक आन्दोलित भएका हुन् ।
कृषकले ४ सुत्रीय माग राखेर १ घन्टा सडकमा चक्काजाम गरेका छन् । अन्दाजी ३५ जना कृषक भेला भएर सढक आन्दोलन गरेका थिए । समुहका अध्यक्ष इन्द्र पोखरेलको नेतृत्वमा आन्दोलित कृषकले कृषि कृषि उत्पादनको सरकारले तोकेको मुल्य पाउनुपर्ने, मल, बिउ, औषधी समयमा पाउनुपर्ने, ट्रयाक्टर जोताई दर रेट कम हुनु पर्ने र कृषि सिँचाई महशुल पुरै छुट हुनु पर्ने माग राखेका छन् ।
गौरादह-८ चन्दन चोकमा कृषक हरु हलो जुवा, कोदालो, हात हातमा कृषकका माग लेखिएका प्लेकार्ड सहित भेला भएर एक घण्टा चक्काजाम गरेका थिए ।
समुहका अध्यक्ष पोखरेलले मन्तब्य राखेर चक्काजाम अन्त्य गरेको बताइएको छ ।