बिर्तामाेड । झापा प्रहरीले २१ ग्राम ९४० मिलिग्राम ब्राउनसुगरसहित कन्काई-४ सुरुङगा बस्ने सञ्जित सिवा दर्जीलाई पक्राउ गरेकाे छ ।
हिजो बिहान ११ बजे मेचीनगर –६ काँकरभिट्टास्थित मेची पुलमा भारतबाट सिटीसफारीमा आउँदे गरेका दर्जीलाई शंकास्पद अवस्थामा फेला पारी शरीर तलासी लिने क्रममा झोलाभित्र चिनीमा प्याक गरेको प्लाष्टिकको पोका खोली हेर्दा २१ ग्राम ९४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।