झापा । नृत्य कलाकार संघ, झापाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। संघका अध्यक्ष दिवस गिरीको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनबाट गिरीलाई नै पुनः सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा कलाकार रोचक थापाको उपस्थिति रहेको थियो। यस्तै, विशिष्ट अतिथि सुनिल थापा, बालकुमार कट्वाल र कमला लिम्बुज्यूको उपस्थिति रहेको थियो।
निर्वाचन प्रक्रियालाई निर्वाचन समिति संयोजक लोकचन्द्र श्रेष्ठ तथा सदस्य हर्क लावती र सुबास लिम्बुले संयोजन गरेका थिए।
नवगठित कार्यसमितिको उपाध्यक्षमा राजू शेर्पा, सचिव सुरज मगर, सहसचिव अन्जली माझी, कोषाध्यक्ष रिना तामाङ चयन भएका छन् ।
सदस्यहरूमा दीपा परियार, नहीम अली, सुशान्त लिम्बु, कृष्ण धिमाल, पूजा साम्पाङ, सुमन राई छानिएका छन् ।
कार्यक्रममा संघसँग आबद्ध नृत्यकर्मीहरू, साधारण सदस्यहरू तथा अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा संगठन सुदृढीकरण, नृत्यकला क्षेत्रको प्रवर्द्धन, कलाकारहरूको हकहित तथा आगामी कार्ययोजनाहरूमा केन्द्रित विषयमा छलफल भएको थियो।
नव-निर्वाचित अध्यक्ष दिवस गिरीले आगामी दिनमा नृत्य कलाकारहरूको सीप र प्रतिभालाई संस्थागत रूपमा अगाडि बढाउँदै झापा जिल्लालाई सांस्कृतिक दृष्टिले सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।



















