बिर्तामोड । एकादशीका दिन झापाको गरामनी मेलामा छुरा प्रहार भएको छ । छुरा प्रहारबाट एकजना गंभीर घाइते भएका छन् ।

हिजो साँझ ६:३० बजे गरामनी मेलाको हल्दिवारी जाने बाटोमा बिर्तामोड–७ गरामनी बस्ने बर्ष १८ का बर्षात राजवंशीमाथि छुरा प्रहार भएको हो ।

अपरिचित युवाको समुहले राजवंशीलाई कुटपिट तथा धारिलो हतियार छुराले प्रहार गरी घाइते बनाई फरार भएको प्रहरीले जनाएको छ । गंभीर घाइतेलाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तामोड पठाइएको छ । उनको पिठ्युँमा चोट लागेको छ ।