बिर्तामोड। भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले भोलिसम्म झापासहित अधिंकाश ठाउँमा पानी पर्ने भएकाले प्रतियोगिता दुई दिन सार्ने आयोजक झापा महिला गोल्डकपले निर्णय गरेको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा झापासहित देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर पानी परिरहेपछि उद्घाटन खेल कात्तिक १७ गते सोमबारलाई सारिएको छ ।
आयोजकका अनुसार यसअघि सार्वजनिक गरिएको खेल तालिकाअनुसार २ दिनको मिति पछि धकेलेर प्रतियोगिता सञ्चालन हुनेछ ।



















