बिर्तामाेड । गाेलिया बाेकेकाे ट्याक्टर दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । घटनामा अरु ४ जना घाइते भएका छन् ।  

भोजपुरकाे षडानन्द नगरपालिका-४ स्थित दुबेमा चाम्लादाङ बाट दिङला तर्फ गाेलिया लोड गरेर आउँदै गरेको प्र.न. १-०२-००३ त १२१३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल झरेकाे थियाे ।

दुर्घटनामा ट्याक्टर चालक षडानन्द नगरपालिका-४ केराबारी बस्ने आईत बहादुर तामाङ र नविन तामाङ गम्भीर  घाइते भएका थिए । उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

यस्तै सुनिता तामाङ, वडा न ९ बैदारभन्ज्याङ बस्ने लाक्पा नुरु शेर्पा, अम्बर तामाङ र सागर तामाङ घाइते भएका छन् । उनीहरुकाे उपचार भइरहेकाे छ ।