बिर्तामोड । बिएण्डसी मेडिकल कलेजको छतबाट खसेर एकजना मजदुर घाइते भएका छन् ।
कलेजको मेचीनगर नगरपालिका-१२ धाइजनमा निर्माणाधिन भवनको पिल्लर थप गर्ने क्रममा हिजो अपराह्न उनी छतबाट खसेका थिए ।
दाङको राप्ती गाउपालिका-७ बस्ने अन्दाजी३० बर्षको सुशिल चौधरी छतबाट खसेका हुन् । एक तला माथि पिल्लर बनाउने क्रममा एक्कासी छतबाट लडेर उनी घाईते भएका थिए ।
दृब्रे खुट्टा भाचिएका उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।


















