बिर्तामोड । बिर्तामोडबाट लाखौको धनमाल चोरी भएको छ ।

बिर्तामोड– ४ पुरानो बिजुली अफिस अगाडि निर्मल कटवालको घरको दोस्रो तला फ्ल्याट भाडामा लिई बस्दै आएका देवी कार्कीको कोठाबाट लाखौंको धनमाल चोरी भएको हो ।

चोरले ढोका खोलेर कोठाभित्र राखेको नगद २ लाख ६१ हजार, ५ तोला ६ आना सुनसमेत गरेर अन्दाजी मूल्य १२ लाख ८९ हजार ८०० र एकथान मोबाइल थान चोरी गरी लगेको पीडितको भनाई छ ।

प्रहरीले चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।