बिर्तामोड । झापाको अर्जुनधारा-११ मा गएराति जंगली हात्तीले एउटा घर भत्काएर अन्नवाली खाएको छ ।

अर्जुनधारा-११ बगान लाईन स्थित सुलेमान उराउको घरमा जंगली हात्तीले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

हात्तीले घरको टाटी, बेरा च्यातेर भित्र रहेको खाद्यान्य नष्ट गरेको हो । हात्तीबाट ६० हजार मूल्य बराबरको धनमाल क्षति भएको जनाइएको छ ।