बिर्तामोड । झापाको कन्काई-३ नयाबस्ती स्थित भित्री सडक खण्डमा सुरुङ्गा पुलबाट टप्पु चोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

प्र.१-०२-०५८ प ५०६३ न.को मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१-०१-०१५ प ४२१० न.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा ५०६३ न.को मोटरसाइकल चालक सोही स्थानका बर्ष ३३ को दिपक सिटौलाको मृत्यु भएको छ ।

टाउकोमा गम्भीर चोट लागेर घाईते भएका उनको उपचारका लागि बिर्तामोड पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा बाटैमा मृत्यु भएको बताएका थिए ।

प्रहरीले दुर्घटनामा संलग्न दुबै मोटरसाइकल र चालक सोही स्थानको नितेश बस्नेत र मोटरसाइकलको पछाडि सवार बाह्रदशी-७ सुन्दरटोल बस्ने उत्सव बस्नेतलाई नियन्त्रणमा लिएको जनाएको छ । बस्नेतद्वयले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।