बिर्तामोड । गएराति झापाको अर्जुनधारास्थित बिर्तामोड बसपार्कमा झापाको मेचीनगरका पुस्कर गुरागाईँमाथि कुटपिट भएको छ ।

मेचीनगर नगरपालिका-१३ बस्ने बर्ष ३२ को पुस्कर गुरागाईलाई सोही स्थानमा डेरा गरेर बस्ने सञ्जिब तामाङले कुटपिट गरेका हुन् ।

कुटपिटबाट गुरागाईको एउटा दाँत झरेको छ । कुटपिट गर्ने तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुरागाईको अनुहारमा चोट लाग्नुका साथै अगाडिको एउटा दाँत झरेको छ ।

गुरागाईको उपचार भईरहेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने तामाङलाई इप्रका अनारमनिको नियन्त्रणमा राखिएको छ ।

गुरागाई सञ्चारकर्मीसमेत हुन् । उनी नेकपा एमाले निकट प्रेस चौतारीको सदस्य छन् ।