अर्जुनधारा । सामान्य विवादका क्रममा एक महिलामाथि निर्घात कुटपिट गर्ने तीनजना महिला अर्जुनधाराबाट पक्राउ परेका छन् ।
कुटपिटबाट पीडित महिलाको हस्पिटलमा उपचार भइरहेको छ । अर्जुनधारा-४ दहिझोडाकी सानीमाया तामाङलाई स्थानीय तीन महिलाले कुटपिट गरेका थिए ।
प्रहरीले कुटपिटमा संलग्न सोही स्थानका निर्मला लिम्बु, प्रमिला मगर र अमृता राईलाई नियन्त्रणमा लिएको जनाएको छ ।

















