बिर्तामोड । अदुवा पुलबाट मोटरसाइकल खस्दा चालक गम्भीर घाइते भएका छन् ।
हिजो साँझ साँझ बिर्तामोड-३ अदुवा खोलाको पुलबाट मोटरसाइकल अनियन्त्रित भएर खसेको थियो ।
बिर्तामोडबाट हल्दिवारीतर्फ जाँदै गरेको मे ९ प ९३४८ न.को होण्डा साईन मोटरसाइकल आफै अनियन्त्रित भई खोलामा खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक हल्दिवारी-५ का पर्शुराम अधिकारी गंभीर घाइते भएका हुन् ।
टाउको र हातखुट्टामा चोट लागेका अधिकारीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । बोल्न नसक्ने उनको अबस्था गम्भीर रहेको छ ।
















