झापा । आज पनि देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्छ भने तराईका भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।