बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–४ भाङबारीस्थित विन्दा बासिनी मन्दिरको कम्पाउण्डमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मंगलबार दिउँसो करिब १२:०० बजे भारतको धुपगढी स्थायी घर भई हाल बिर्तामोडस्थित चेतन सिटौलाले सञ्चालन गरेको पूजा ग्रिलमा काम गर्दै आएका अन्दाजी २३ वर्षीय गोविन्द मण्डल करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घाइते मण्डललाई उपचारका लागि तत्काल बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएकोमा चिकित्सकले दिउँसो १२:२५ बजे मृत घोषणा गरेका हुन् ।