इलाम । इलामको सूर्योदय नगरपालिका–९ ढोरेस्थित बरबोटे नयाँ बजार भित्री सडक खण्डमा आज अपराह्न सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
मिति २०८२ चैत २१ गते करिब १६:२० बजे नयाँबजारबाट फिक्कलतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ज ४०१६ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित १० जना सवारमध्ये ८ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि फिक्कलस्थित अस्पतालहरूमा लगिएको थियो। गाडी चालक सूर्योदय नगरपालिका–८ बस्ने ४२ वर्षीय सुरेन बस्नेत भने सकुशल रहेका छन् र प्रहरी चौकी फिक्कलको नियन्त्रणमा छन्।
घाइतेमध्ये राजकुमार राई, कल्पना गिरी, प्रेमबहादुर गुरुङ र श्यामबहादुर राईको श्रीनिधि अस्पताल फिक्कलमा उपचार भइरहेको छ। त्यस्तै मिना क्षेत्री, पुनम भण्डारी, अपसन क्षेत्री र गोपाल क्षेत्रीलाई फिक्कल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापा लगिएको छ।
प्रहरीका अनुसार रिफर गरिएका सबै घाइतेलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
















