अर्जुनधारा । ताप्लेजुङ–अर्जुनधारा झापा सरोकार समाजको पहलमा अर्जुनधारा नगरपालिका स्थित शनिश्चरे बहुमुखी क्याम्पस परिसरमा सरस्वती मन्दिर निर्माण गरिने भएको छ।

mandirrrr

समाजका अग्रज कमल गुरागाईंले मन्दिर निर्माणको उद्देश्यबारे जानकारी दिँदै शैक्षिक वातावरणलाई थप धार्मिक तथा सांस्कृतिक रुपमा सुदृढ बनाउने समाजकाे लक्ष्य रहेको बताए। उनले  याे संस्थासँग जाेडिएका अर्जुनधाराका स्थानीयसँग सहयाेग स‌कलन गरेर मन्दिनर निर्माण गर्ने जानकारी दिए ।  

मन्दिर निर्माणका लागि आज एक समाराेहकाे आयाेजना गरेर शिलान्यास गरिएकाे छ । उक्त मन्दिर निर्माण कार्य ५ देखि ६ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने योजना रहेको छ भने तीन महिना भित्र निर्माण कार्य पूरा गरी क्याम्पसलाई हस्तान्तरण गरिने जनाइएको छ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हेमराज खरेलले समाजले थालेको यस कार्यप्रति धन्यवाद व्यक्त गर्दै यसले क्याम्पसको गरिमा बढाउने विश्वास व्यक्त गरे।

त्यसैगरी, समाजका अध्यक्ष राजकुमार गौतमले सामुदायिक सहकार्यबाट यस्ता रचनात्मक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।