बिर्तामोड । झापाको अर्जुनधारास्थित सुखानी सहिद स्मृति प्रतिष्ठान, नेपाल अन्तर्गत उद्यान व्यवस्थापन समितिले निर्माण गरेको जिप लाइन तथा जिप साइकल औपचारिक रूपमा उद्घाटन गरिएको छ।

IMG-20260616-WA0000

अर्जुनधारा नगरपालिकाको २० लाख रुपैयाँ तथा उद्यान व्यवस्थापन समितिको १२ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त संरचनाको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन ले गरेका हुन्।

नयाँ पर्यटकीय आकर्षणका रूपमा सञ्चालनमा आएको जिप लाइन र जिप साइकलले सुखानी क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। स्थानीय तथा बाह्य पर्यटकलाई लक्षित गरी निर्माण गरिएका यी पूर्वाधारले उद्यानको आकर्षण बढाउने विश्वास गरिएको छ।

आन्तरिक पर्यटन विकासमा सुखानी सहिद स्मृति उद्यानले झापामा छुट्टै भूमिका खेलेको छ । यहाँ दैनिक हजारौं पर्यटक अवलोकनका लागि आउने गरेका छन् ।