बिर्तामोड । झापाको बिर्तामोडमा चार जना युवा व्यवसायीहरुले ‘मन्त्र थकाली’ हाेटल सञ्चालनमा ल्याएका छन् । हाेटलकाे आज विहानबाट सञ्चालन शुरु गरिएको हो । मन्त्र थकालीको शुभारम्भ बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले काटेर गरेकी हुन् ।

बिर्तामोडका दिपक काफ्ले, सुभम घिमिरे, सुरज खड्का र उमेश खरेलले संयुक्त रुपमा मन्त्र थकाली सञ्चालनमा ल्याएका हुन् । बिर्तामोडस्थित अदुवा पुल उत्तरमा सञ्चालनमा ल्याइएको मन्त्रमा गुणस्तरीय खानालाई विशेष प्राथमिकता दिइने भएको छ । शान्त वातावरणमा स्वस्थ्य खाना उपलब्ध गराउने सञ्चालकहरुको भनाई छ । थकालीमा हुनुपर्ने सबै परिकार हुनेछ, थकाली भनेर सामान्य खाना खुवाइने छैन सञ्चालक उमेश खरेलले भने, – खानाका लागि पाल्पाको दाल, घरेलु मसलाहरु प्रयोग गरिनेछ ।
करिव ५५ लाख लगानीमा सुरु गरिएको मन्त्रलाई शुभकामना दिदैं नगर प्रमुख महताराले स्वच्छ खानामा ध्यान दिदैं सरसफाईलाई विशेष ख्याल गर्न आग्रह गरेकी छन् । मिठो खाना कहा पाइन्छ भन्दा सम्झिने बनाउनुहोस्, उनले थपिन् ।



















