झापा । झापाको गौरीगञ्ज गाउँपालिका-६ को डौवाबारीमा नगेन्द्र ढकालको धानमा थ्रेसर लगाउँदै गर्दा आगलागी भएको छ ।

धानमा थ्रेसर लगाउने क्रममा आज बिहान करिब ११ बजे आगलागी भएको हो ।

आगलागीबाट ढकालको पौन २ विगाह खेतको धान र बाबुराम राजवंशीको ट्याक्टर र थ्रेसर जलेर नष्ट भएको छ ।

स्थानीयको सहयोगमा केही धान मात्र जल्नबाट बचाएको पीडित ढकालले बताए । आगो निभाउन गौरादह दमक, ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएका प्रहरी र स्थानीयवासीले सहयोग गरेका थिए ।