बिर्तामोड । झापामा उत्पादन हुँदै आएको सुप्रिम पेन्टसले ‘डिलर्स तथा पेन्टर मिट’ कार्यक्रम आयोजना गरेको छ ।
झापाको सुरुङगामा आयोजना भएको कार्यक्रममा ५ सयभन्दा बढी पेन्टर तथा ४० वटा डिलर सञ्चालकको सहभागिता रहेको थियो । पेन्टरहरुलाई कम्पनिसँग जोड्नका लागि पेन्टर तथा डिलर मिट कार्यक्रम आयोजना गरिएको कम्पनिका प्रमुख सञ्चालक सरोज मैनालीले जानकारी दिए ।
एक बर्ष अघि स्थापना भएको उद्योगले प्रदेश न १, मधेस प्रदेश र बाग्मती प्रदेशमा बजार बिस्तार गरिसकेको उनले बताए । नेपाल गुणस्तर र आइएसओ पाउने प्रक्रियामा रहेको यो उत्पादन गुणस्तरीय रहेको दावी कम्पनिको छ । पुर्बका २५ जना ब्यवसायीको ९ करोड बढीको लगानीमा स्थापित उद्योगले उपभोक्ताको मन जितेको कम्पनिका अर्का सञ्चालक एलिश तिवारीले बताए ।
‘नेपालमा ख्यातीप्राप्त एशियन पेन्ट्स बनाउने केमिष्ट सुप्रिममा छन्, म्यानेजर सञ्जोग मैनालीले भने–‘यसमा हानिकारक रसायन ‘लिड’ को मात्रा नभएका कारण यो पुर्णरुपमा अर्गानिक मान्न सकिन्छ ।’यस उत्पादनले मानव स्वास्थ्यलाई कुनै असर नपार्नेसमेत उनले बताए ।



















