बिर्तामाेड । बिर्तामोडको तेजस्वी कम्प्युटर सपोर्टले आधुनिक प्रविधिसहितको सेवा बिस्तार गरेको छ । बिभिन्न कम्पनिका कम्प्युटर बिक्री तथा मर्मत गर्दै आएको तेजस्वीले घरायसी प्रयोगका उपकरणसमेत थप गरेर सेवा बिस्तार गरेको हो । 
आर्थिक मन्दीका कारण बजार चलायमान हुन नसकेको यो समयमा तेजस्वीले २ करोड भन्दा बढी लगानी गरेको हो । फर्म सञ्चालक कृष्ण घिमिरेले ग्राहकको माग बमोजिम किचनमा प्रयोग हुने उपकरण थप गरेर नयाँ स्थानबाट सेवा सुरु गरेको जानकारी दिएका छन् ।
तेजस्वी कम्प्युटर सपोर्ट सेक्युरिटी सर्भिलेन्स हिकभिजन चाइनाको आधिकारिक बिक्रेता हो । घरायसी प्रयोगका उपकरणहरु सान्सुई, पानासोनिक र केन्टआरओको समेत आधिकारिक बिक्रेता रहेको तेजस्वीले सामान खरिद गर्दा कम्पनिले तोकेको ग्यारेन्टी र वारेन्टीमा कुनै फेरबदल नगर्ने समेत जनाएको छ ।
सूचना प्रविधिसम्बन्धि सबै सामग्री बिक्री र बिक्रीपछिको सेवा दिने उदेश्यका साथ स्थापना भएको तेजस्वीले बिर्तामोडमा रहेको प्रथम आइट्री सेन्टरसँग ब्यवसायिक साझेदार रहने सम्झौता गरेकोे जनाएको छ । सुचना प्रविधिसँग सम्बन्धित आधुनिक सर्भिस सेन्टरसहितको सेवा बिस्तार गरेको घिमिरेले बताए । उनले भने–‘मर्मतमा हामी छिटो र सहज ढङगले सेवा दिन्छौं ।’
कार्यक्रममा हिकभिजनको नेपालका लागि आधिकारिक वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत मनिकुमार तामाङ, प्रबन्ध निर्देशक प्रमोद कुमार अधिकारी, सञ्चालक कमल तामाङ, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिब अर्जुन मैनाली लगायतको उपस्थिती रहेको थियो ।



















