बिर्तामोड । बिर्तामोडमा सुविधासम्पन्न क्याफे सञ्चालनमा आएको छ । तीनजना युवाको सामुहिक लगानीमा क्याफे सञ्चालनमा आएको हो ।
अमित खड्का, योगेश अधिकारी र अर्जुन संग्रौलाको सामुहिक लगानीमा क्याफे सञ्चालनमा आएको हो । क्याफेको लोकप्रीय र्यापर आषिश राना(लाहुरे) ले उद्घाटन गरेका छन् ।
बाँस र खरको कलात्मक प्रयोग गरेर आकर्षक क्याफे निर्माण गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्तालाई फोटो, भिडियो निर्माणका लागि यो क्याफे आकर्षक गन्तब्य हुन सक्ने निर्माण पक्षको अपेक्षा छ ।
क्याफेमा बिशेष गरेर मट्का बिरयानी, चिकेन समोसा, मट्का चियालगायत सवै प्रकारका भारतीय खाना तथा नास्ता पाइने सञ्चालक खड्काले बताए । बाँस, खर र काठको प्रयोग गरेर निर्माण गरिएको क्याफेमा बैदेशिक रोजगारीमा जानेलाई बारिस्टा लगायतको तालिम दिने सञ्चालक खड्काले जानकारी दिएका छन् ।
उद्घाटन कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, संघका सदस्य जीवन खड्कालगायतको उपस्थिति रहेको थियो । ६० लाखको लगानीमा स्थापना गरिएको क्याफेमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । शैदेशिक रोजगारीमा जाने युवा युवतीलाई क्याफेमा बारिष्टा तालिम समेत उपलब्ध गराउने तयारी सञ्चालकको छ । बैदेशिक रोजगारीमा जाँदा सिकेको सिपलाई उनीहरुले क्याफेमा उपयोग गर्ने एकजना सञ्चालक अमित खड्काले जानकारी दिए ।



















