झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो ।
ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र गोमादेवी पोख्रेल गौतम रहेका छन् । उनीहरुलाई ३५ हजार मुल्य पर्ने ठेला भ्यान वितरण गरेको वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए ।
मागका आधारमा राजवंशी र गौतमलाई ठेला भ्यान वितरण गरीएको वडासचिव टिका अधिकारीले बताइन् । वडाबाट ठेलाभ्यान पाएपछि आफुलाई गरिखानका लागि सहयोग पुगेको गौतमले बताइन् । श्रीमान वितेपछि परिवार पाल्न सकस व्यहोर्दै आएकी गौतमले अव यसमा चटपटे लगायतका परिकार बेच्ने भन्दै खुशी व्यक्त गरिन् ।
वडा कार्यालयले हरेक वर्ष विपन्न रोजगार कार्यक्रम अन्तर्गत रहेर अतिविपन्न परिवरलाई सहयोग पुर्याउँदै आएको छ ।



















