बिर्तामोड । बिर्तामोड उद्योग वाँणिज्य संघले बिर्तामोडमा आयोजना गरेको अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सब थप तीनदिन सञ्चालन हुने भएको छ ।
वाँणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरी ब्यापार ब्यवसाय प्रवर्दनमा टेवा पु¥याउन महोत्सबको अवधि बढाइएको जनाएको छ ।
महोत्सबमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको संघले जनाएको छ । २ लाख अवलोकनकर्ताको उपस्थिती रहने अपेक्षा गरिएको महोत्सवमा हरेक दिन अवलोकनकर्ताको भिड बढिरहेको महोत्सब मुल आयोजक समितिका संयोजक राजु न्यौपानेले जानकारी दिए ।
फागुन १६, १७ र १८ गतेसम्म महोत्सब सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिने तयारी गरेको उनले बताए । महोत्सबमा नेपाल, भारत, भुटान र बंगलादेशको स्टल रहेको छ । प्रत्येक साँझ सांगितिक कार्यक्रम हुने महोत्सबमा ४५ करोडको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।



















