बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था शनिश्चरेले २८ औं बार्षिकोत्सबको सन्दर्भ पारेर लागुऔषध दुब्र्यसन न्युनिकरण सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

sahara

सहारा नेपालले स्थानीय शनिश्चरे क्याम्पसका बिद्यार्थीबीच लागु औषध न्युनिकरणका लागि सचेतना कार्यक्रम आयोजना गरेको हो । क्याम्पस परिसरबाट बिभिन्न सचेतनामुलक प्ले कार्डसहित निस्किएको ¥यालीले बजार परिक्रमा गरेको थियो । ¥यालीमा बिद्यार्थी, शिक्षक, समाजसेवी लगायत ३ सयभन्दा बढीको सहभागिता रहेको थियो । 

सहारा नेपाल शनिश्चरे सेवा केन्द्रको उप–समितिका अध्यक्ष छविलाल शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका वडानम्बर ७ का अध्यक्ष गोविन्द खतिवडा रहेका थिए । 

received_907351580578879

¥यालीपछि आयोजित सचेतना सभामा कार्यपत्र प्रस्तुत गर्दै इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले लागुऔषध दुब्र्यसन न्युनिकरणका लागि समुदायको प्रभावकारी भूमिका हुनुपर्ने बताए । 

कार्कीले खुल्ला सिमानाका कारण लागुऔषध दुब्र्यसन बढिरहेको भन्दै हरेक दिन गुणात्मक हिसाबबाट यसको बृद्धि भइरहेको बताए । १६ देखि २५ बर्षका बिद्यार्थी लागुऔषधको कुलतमा बढी फस्ने गरेको उनले बताए । इप्रका बिर्तामोडमा बिगत ४५ दिनमा १७ जना लागुऔषध कारोबारी र प्रयोगकर्ता पक्राउ परेको उनले जानकारी दिए । कार्यक्रमको सञ्चालन शनिश्चरे सेवा केन्द्र प्रमुख दिपक ओलीले गरेका थिए ।