बिर्तामाेड । झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीन कारोबारी पक्राउ परेका छन् ।

बिहीबार साँझ इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ मा भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट तार्केश्वर गाउँपालिका ३ बस्ने ३० वर्षका सविन परियार, सिन्धुली दुधौली नगरपालिका ११ बस्ने ३० वर्षका खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका ५ बद्रीटोल बस्ने २३ वर्षका विक्रम दनुवार रहेका छन् । उनीहरूको साथबाट ७० ग्राम ब्राउनसुगर फेला परेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।