बिर्तामोड । रातको समयमा नदी दोहन गरिरहेको अवस्थामा झापा प्रहरीले एउटा जेसीबीसहित तीनवटा टिपर नियन्त्रणमा लिएको छ ।

अर्जुनधारा नगरपालिका–४ को टाङटिङ खोलामा अवैध उत्खनन गरिरकेको अवस्थामा प्रहरीले जेसीबी र टिपर नियन्त्रणमा लिएको हो ।
प्रहरीले नम्बर प्लेट नभएको जेसीबी, मे १ ख ३१५५, प्र–१–०१–००१ क ९२४ र मे १ ख २८४८ नम्बरको टिपर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका जेसीबी र टिपरलाई आवश्यक कारवाहीका लागि अर्जुनधारा नगरपालिका बुझाइएको जनाएको छ ।



















