बिर्तामाेड । बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ११ को सिमानामा रहेको आवाश मार्गमा ढल निर्माणको पहल अगाडि बढाउन समिति निर्माण गरीएको छ ।

बिहीबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव तामाङ गोमदेनको नेतृत्वमा अनुगमन गरि समिति निर्माण गरीएको हो ।

नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई सहितको अनुगमनमा अर्जुनधारा ११ का वडाअध्यक्ष खगेन्द्र ईङनामको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको हो।

समितिको सदस्यहरुमा बिर्तामोड ५  का वडाअध्यक्ष रोहित प्रसाई, अर्जुनधारा ६ का वडाअध्यक्ष  हरिषचन्द्र बाँस्तोला,  गोपाल विमली, सुरेन्द्र बहादुर लिम्बु, विर बहादुर राई र टेकराज सुव्वा रहेका छन् ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईले वर्षातकाे समयमा डुवानको समस्या रहंदै आएको यस क्षेत्रमा ढल निर्माणका लागि दुवै नगरपालिका सकरात्मक भएकोले समिति निर्माण गरेर पहल अघि बढाएको बताइन् । बिर्तामोड वस पार्क देखि माथिल्लो यस क्षेत्रमा डुवानको समस्या वर्षौं देखि छ ।