बिर्तामोड । काठमाण्डौको चन्द्रागिरी नगरपालिका–१५ का अच्युत कुमार मगर झापामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले मगरलाई पक्राउ गरेको हो । 

लागूऔषध ओसार पसार गरेको अभियोगमा मगरलाई झापा प्रहरीले पक्राउ गरेको हो । मगरको साथबाट प्रहरीले १५ ग्राम १२० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको जनाएको छ ।

पक्राउ परेका मगरलाई आवश्यक अनुसंधानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।