बिर्तामोड । झापाको बिर्तामोडस्थित ग्लोवल आइएमई बैंकमा एक समूहले तालावन्दी गरेको छ । ग्लोवल आइएमई बैंकको बिर्तामोड शाखामा राष्ट्र, राष्ट्रिता नागरिक बचाऔं अभियानका अभियान्ताहरुले तालावन्दी गरेको बुझिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीका अनुसार तालावन्दी गरिएको ठाउँमा राष्ट्र, राष्ट्रियता नागरिक बचाऔं अभियानको पर्चा फेला परेको छ । नागरिक बचाऔं अभियान दुर्गा प्रसाईको अगुवाईमा सञ्चालित छ ।

डिएसपी कार्कीले जनप्रतिनिधिहरुको रोहवरमा तालावन्दी खोलिएको जानकारी दिएका छन् । बैंकमा आज विहान १०ः३० तालावन्दी गरिएको थियो भने १२ बजे ताला खोलिएको छ । बैंकमा नियमित काम सुरु भइसकेको छ ।