झापा .  जंगली हात्तीको आक्रमणबाट झापाको हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका९ २ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउमा कर्मकार जंगली च्याउ टिप्न गएका थिए । सोही चिया बगानमा रहेका हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा मृत्यु भएको डीएसपी रिजालले बताए ।

घटना लगतै हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको छ । शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जनाइएको छ ।