पाँचथर । मेची राजमार्ग  १० दिनपछी सञ्चालनमा आएकाे छ । बाढीले पुल बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरेर राजमार्ग सञ्चालनमा आएकाे हाे । 

सडक डिभिजन कार्यालय इलामले डाइबर्सन बनाएर राजमार्ग सञ्चालन गरेकाे छ । अस्थायी विकल्प तयार भएको डिभिजन प्रमुख विदुर पोखरेलले बताए । बेलीब्रिजको कामलाई तिब्रता दिएको उनको भनाई छ ।