काँकडभिट्टा । मेची भन्सार प्रशासनले शुक्रबार भन्सारबाट बाहिरिएको कन्टेनर ढुवानी (ट्रान्सपोर्टेसन) को भएको जनाएको छ ।
भन्सार प्रशासन भन्छ ‘यस कन्टेनर भन्सारबाट बाहिरिएको होइन, ढुवानीको कन्टेनर हो ।’ भन्सारबाट झण्डै एक कराेड रुपैयाँकाे सामान लिएर कन्टेनर बाहिरिएको समाचार सार्वजनिक भएकाे थियाे ।
मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीले कन्टेनर भन्सारबाट बाहिरिएको हुन नसक्ने बताए । उनले साे कन्टेनर ट्रान्सपोर्टेसनको भएकाे दावी गरे । तरपनि घटनाकाे अनुसधान भइरहेकाे हुनाले अहिले नै केही भन्न नसकिने रेग्मीले बताए ।



















