बिर्तामोड । बिर्तामोडमा डेङगु संक्रमणबाट अर्का एकजनाको मृत्यु भएको छ । यो सहित साउन महिनामा डेङगु संक्रमणबाट दुईजनाको मृत्यु भइसकेको छ ।

डेङगु संक्रमणबाट शुक्रबार साँझ बिर्तामोड ५ का ४४ वर्षिय बिचन्द्र लावतीको मृत्यु भएको हो । उनको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो । दुई दिनअघि लावतीलाई परिवारले अस्पतालबाट घर लिएर गएका थिए । घरमै उनको मृत्यु भएको जनाइएको छ ।

यसअघि साउनको पहिलो साता बिर्तामोड– ५ कै ४४ वर्षिया मदिना खातुनको डेङगु संक्रमणबाट मृत्यु भएको थियो । डेङगु पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारले जनाएको छ । बिर्तामोडका अस्पतालहरुमा डेङगुका विरामीले भरिन थालेका छन् ।