झापा  । नेपालले अर्को महिना आफ्नो क्रिकेट इतिहासकै सवैभन्दा शक्तिशाली टोली भारत र पाकिस्तानसँग खेल्दैछ । गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जितेपछि नेपालले एसिया कप खेल्न पाउने भएको हो ।

एसिया कपको लागि नेपालले श्रीलंकामा १५ दिनको तयारी गरेर स्वदेश फर्किएको छ । नेपालले केहि दिन स्वेदशमा प्रशिक्षण गरेर पाकिस्तान जानेछ । भारत र पाकिस्तानसँग नेपालले कस्तो खेल्छ क्रिकेटका फ्यानका लागि चाखको विषय बनेको छ । नेपालले अगष्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ ।

नेपालले गत फागुन यता आफ्नो टोलीमा खासै परिवर्तन गरेको छैन । एक दुई खेलाडी मात्रै टोलीमा आउने र जाने भएको छ । नेपालले आफ्नो अन्तिम १५ टोलीलाई निरन्तरता दिँदै आएको छ ।

प्रशिक्षक मोन्टी देशाई र कप्तान रोहित पौडेल खेलाडीलाई विश्वास दिलाउन खोजेका छन् । एसिया कपमा नेपाल जित भन्दा पनि आफ्नो उत्कृष्ट क्रिकेट विश्वलाई देखाउन चाहन्छ । नेपालले आफ्नो रणनीति, कन्डिसन र टिम सन्तुलनलाई ध्यानमा राख्दै अन्तिम टोली केहि दिनमा घोषणा गर्नेछ । नेपालको सम्भावित अन्तिम १५ सदस्य टोली यस प्रकार हुनसक्छ ।

एसिया कप खेल्ने नेपालको सम्भावित अन्तिम टोली

ब्याटर – आसिफ शेख (विकेटकिपर), आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, देव खनाल, अर्जुन साउद (विकेटकिपर) र रोहित पौडेल (कप्तान)

अलराउन्डर – कुशल मल्ल, गुलशन झा र दीपेन्द्रसिंह ऐरी

तीव्र गतिका बलर – सोमपाल कामी, करण केसी र प्रतिश जि.सी

स्पिनर – सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।