बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–१० बाट प्रहरीले बेवारिसे अवस्थामा रहेको ४५० केजी सुपारी बरामद गरेको छ ।

मेचीनगर–१० खयरडाँगीमा शेखर खड्काको घरबाट बेवारिसे अवस्थामा राखिएको सुपारी बरामद गरेको प्रहरीले जनाएको छ । 

घरधनी खड्कालाई स्पारीको बारेमा सोधपु्छ गर्दा थाहा नभएको बताएपछि प्रहरीले सुपारी बरामद गरेको हो । ९ वटा बोरामा हालेर राखिएको सुपारीको मुल्य २ लाख ७० हजार रुपैयाँ रहेको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।