बिर्तामाेड । भदाै १३ गतेदेखि पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटको लागि भारतले खेलाडीको घोषणा गरेको छ । भारतले ग्रुप ए मा नेपाल र पाकिस्तानसँग खेल्ने छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । भारतीय टोलीमा कप्तान रोहित शर्मासहित, उपकप्तान हार्दिक पाण्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन,  रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज र प्रसिद्ध कृष्ण रहेका छन् ।
सञ्जु सामसन ट्राभलिङ प्लेयरका रुपमा रहेका छन् । एसियाकपमा भारत समूह ए मा रहेको छ । भारतले पहिलो खेल भदौ १६ गते पाकिस्तानसँग श्रीलंकामा खेल्नेछ ।