बिर्तामोड । बिर्तामोड नगरपालिकाले आफ्नो हस्ताक्षर दुरुपयोग गरेर कर संकलन नीति बनाएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघका महासचिब अर्जुन मैनालीले आपत्ति जनाएका छन् । 

birtamode mun

नगरपालिकाको कर परामर्श समितिमा वाणिज्य संघको तर्फबाट प्रतिनिधित्व गरेका मैनालीले उपप्रमुख तथा कर परामर्श समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाले आफ्नो हस्ताक्षर दुरुपयाेग गरेको आरोप लगाए । 

‘उपस्थितिमा पहिला हस्ताक्षर गराइएको हो । छलफलमा म सहभागी पनि भएको थिए । छलफलका क्रममा मैले ब्यवसायिक कर संकलन गर्ने नीति निर्माणमा नगरपालिकाले गर्नुपर्ने पहलका बिषयममा मत राखेको हो, मैनालीले भने–‘मेरो भावना बिपरित उपस्थितिमा निर्णय गराएर आफुखुशी निर्णय लेखिएछ ।’ मैनालीले हस्तलिखित माइन्युटमा कम्प्युटरमा टाइप गरेर उपप्रमुख संग्रौलाले निर्णय थप गरेको पाइएको आरोप लगाए । 

arjun ji

कोरोना महामारीपछि उत्पन्न आर्थिक संकटका कारण ब्यवसायीहरु पलायन भइरहेको यो समयमा नगरपालिकाले गरेको कर बृद्धिप्रति आफु सहमत हुन नसक्नेसमेत मैनालीले बताए । प्रेस बिज्ञप्ती जारी गर्दै उनले कुनै बैठकको माइन्युट दुई किसिमको नहुने भएकाले यो दुई किसिमको माइन्युटलाई संयोजक संग्रौलाले गरेको किर्ते काम भएको बताए । 

गलत मनसायका साथ आफुलाई बोलाएर हस्ताक्षर गराई अर्कै शैलीबाट निर्णय थप गरेको प्रति असहमति रहेको बिज्ञप्तीमा उनले जनाएका छन् । यस्तो गलत निर्णय नसच्याए बिर्तामोड उद्योग वाणिज्य संघले आन्दोलन गर्ने चेतावनी पनि मैनालीले दिएका छन् ।