दमक । झापाको दमक नगरपालिका १ घर भएका डाक्टर प्रज्वल कोईराला सम्पर्कबिहीन भएका छन । उनी हिजो आईतवार बेलुकादेखि सम्पर्कबिहीन भएको पारिवारिक स्रोतले बताएको छ।
डाक्टर कोईरालाको प्रदेश १-०२-००२च-४१६६ नम्बरको गाडी भने चतरा कोशी पुलपारि उदयपुरकाे बेलका-८ मा भेटिएको छ । उनले प्रयोग गर्ने मोबाइल जुत्ता र कपडा गाडीमा रहेको र गाडी लक नगरेको अवस्थामा रहेको स्थानीय प्रहरीले जनाएको छ । राति २ बजेदेखि उनको खाली गाडी रहिरहेको प्रहरीले जनाएकाे छ । डाक्टर कोईराला जनरल सर्जन हुन् ।
करिब तीन बर्ष लाईफलाईन अस्पतालमा काम गरेका डाक्टर कोईराला एक साताअघि मात्रै उर्लाबारीकाे मंगलबारे हस्पिटल मोरङमा गएका थिए । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ।



















